नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।
शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चूनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।
उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केहि सिटमा जीत हासिल गरेको तर्क गरेका छन् । शर्माले सबै स्थानीय तहमध्ये केहिमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे । उनले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
उनले मुलुकको बिकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सहि रुपमा उपयोग गर्न पनि निर्देशन दिएका छन् ।
सम्बन्धित समाचारहरु:
बंगलादेशले किन्ने भयो नेपालबाट ४० मेगावाट बिजुली
वरिष्ठ पत्रकार शम्भु श्रेष्ठद्धारा सहयोग हस्तान्तरण
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह सुरु
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार
दुई दिन बिदा : शैक्षिक क्षेत्रको मोडालिटिबारे निर्णय