सुनकाे मूल्यमा एकै दिन १ हजार ८ सयले वृद्धि

सारांश :

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो । नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो । आजको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १ हजार ८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!