काठमाडौं : ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।
सम्बन्धित समाचारहरु:
सामाजिक विकासका २३ योजना सम्झौता हुन सकेन
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयो -अध्यक्ष केपी शर्मा ओली
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी
पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द