काठमाडौं : ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।
सम्बन्धित समाचारहरु:
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम
भाइको सट्टामा परिक्षा दिने दाई प्रहरीको नियन्त्रणमा
दोस्रो संस्करणको प्रधानमन्त्री कप सोमबार देखि सुरु
नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी
बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव