दाउ प्रहार गरी श्रीमान श्रीमतीले नै बनाए एकअर्कालाई गम्भीर घाइते

सारांश :

सभ्य समाज, अनुसाशित नागरिक र व्यवस्थीत सभ्यता समाज विकासका आधार हुन् । तर, पछिल्लो समय समाज विकृत बन्दै जाँदा सभ्य समाजमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

पछिल्लो समय हाम्रो समाजमा झैझगडा बलात्कार र हत्या हिंसा जस्ता घटनाहरू अत्याधिक मात्रामा बढ्न थालेका छन्। बलात्कार र महिला हिंसाका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृत रुप उजारग हुन थालेको छ । यसले समाजमा कसैले कसैलाई विश्वास गर्न नसकिने अवस्था पनि पैदा भएको छ।

भनिन्छः श्रीमान श्रीमतीबीचको झगडा परालको आगो हो। तर बाँकेमा श्रीमान श्रीमतीबीच भएको सामान्य झगडाले कुरुरताको सबै सीमा नै नागेको छ।

यस्तै हिजो सोमबार दिउँसो करिब १ बजेतिर बाँकेको खजुरा गाउँपालिका ३ का २९ वर्षीय महेन्द्र राउत र उनकी २७ वर्षीय श्रीमती आफ्नै कोठाभित्र गम्भीर घाइते भएको अवस्थामा फेला परेका छन्।

घटनाको अवस्था हेर्दा श्रीमान श्रीमतीबीच रिसको आवेगमा एकअर्कालाई नै धारिलो हतियार प्रहार गरी घाइते बनाएको अनुमान गर्न सकिन्छ।

घाँटीमा गहिरो घाउ भएको अवस्थामा फेला परेपछि उनीहरू दुवैजनालाई उद्धार गरी नेपालगञ्ज नर्सिङ होममा लगिएको छ। उनीहको उपचार भइरहेको छ । अहिले उनीहरू दुवैजनाको अवस्था निकै चिन्ताजनक रहेको बताइएको छ।

घरमा एक्लै भएको बेला उनीहरु दुवै बीच झगडा भएको थियो । घटनाको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो प्रहरीले ढोका फोडेर हेर्दा उनीहरु दुवैजना अर्धचेत अवस्थामा रक्ताम्य भएर लडिरहेका थिए ।

उनीहरूको छेउैमा मासु काट्ने दाउ समेत फेला परेको थियो। त्यही दाउले नै उनीहरूले एकअर्कालाई प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!