नेपाल र पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल रद्द भएको छ ।
किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल रद्द भएको हो । वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो । जिम्बावेले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । यस अघि आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
सम्बन्धित समाचारहरु:
कञ्चनपुर र दाङमा चटयाङ लागेर तीन जनाको मृत्यु
आईसीसी टी-२० विश्वकप : नेपाल २१ रनले बंगलादेशसँग पराजित
गल्छी–रसुवागढी सडक अवरुद्ध, पहिराे पन्छाउन जनशक्ति परिचालन
मनमा क्रिकेट थियो, भाग्यमा भारतत्तोलन, अल्पायुमा नै किन गइन सञ्जु चौधरी ?
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
नेपाल–भारत सीमा थप एक घण्टा खोल्ने सहमति