तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा लगाइएको हो । पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।
सम्बन्धित समाचारहरु:
परम्परागत होली गीत लोपहुँदै
फास्टट्रयाकको अनुगमनमा जाँदै प्रधानमन्त्री ओली
नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक-महामन्त्री गगनकुमार था...
काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेपछि…
आजकाे माैसम : केही भागमा वर्षा हुने सम्भावना
नेकपा एकीकृत समाजवादीपार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके-...