तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा लगाइएको हो । पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।
सम्बन्धित समाचारहरु:
काठमाडौं महानगरका उम्मेदवार केशव स्थापित गरे मदतान
गठबन्धन गर्न ढुकेर बसेको छ नेकपा एमाले- महामन्त्री गगन थापा
शिक्षा क्षेत्रको सुधारका लागि राज्य र सांसद नेता सवै गम्भीर हुनुपर्छ : गगनकुमार ...
नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले घट्याे
मन्त्री भण्डारीले भने : लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ
दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास गर्दैनन् - नेता डा. नारायण खड्का