तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा लगाइएको हो । पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।
सम्बन्धित समाचारहरु:
चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउनु पर्छ - महामन्त्र...
आज धन्तेरसः राष्ट्र बैंकमा असर्फी किन्नेको भिड
तालिबानले अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक्यो: रिपोर्ट
आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी
चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै
धुलाम्मे कर्णालीसँगै जोखिम यात्रा