काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय घटेकोमा आज भने २ हजारले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैंयाँमा कारोबार भइरहेको छ । गत मङ्गलबार सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैंयाँमा कारोबार भएको थियो ।
यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैंयाँ पुगेको थियो ।
चाँदीको मूल्य भने आज १५ रुपैंयाँले बढेको छ । अघिल्लो दिन तोलाको एक हजार ६ सय ३० रहेकाे चाँदी आज एक हजार ६ सय ४५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts