घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सारांश :

काठमाडौँ । स्थानीय बजारमा मंगलबार पहेँलो धातुको सुनकाे मूल्य प्रतितोला चार सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन साेमबार एक लाख ३१ हजार ६०० मा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार २०० कायम भएको छ ।

यस्तै, तेजाबी सुन आजका लागि एक लाख ३० हजार ५ सय ५० मा कारोबार भइरहेकाे छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । साेमबार प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार भएकाे चाँदी आज एक हजार पाँच सय ४५ मा काराेबार भइरहेकाे छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!