पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुँदा नेपालगन्जको वीरेन्द्रचोक तनावग्रस्त

सारांश :

पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थीति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!