बिरेन्द्रनगर, सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन्। सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए।
पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले भने,‘हामी गठबन्धनभित्रै सहमतीको प्रयासमा छौं, सिट बाँडफाँडको काम अन्तिम चरणमा पुगेको छ। सिटको संख्या र निर्वाचन क्षेत्रबारे पनि टुंगो लाग्दैछ, निर्वाचनमा वर्तमान गठबन्धन नै एक भएर जान्छ।’
सम्बन्धित समाचारहरु:
निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि छु - नेता वर्षमान पुन
असममा बाढीको पहिलो लहरले ६ जिल्ला प्रभावित, तीन जनाको मृत्यु
राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन
‘वर्तमान गठबन्धन सरकारको प्रमुख कार्यभार संविधान संशोधन हाे’ : नेता काेइराला
दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन
सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना