गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई विदाई गरेका छन् ।
आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच गृह मन्त्र खाँणले थापा र केसीलाई विदाई गरेका हुन् । कार्यक्रममा खाँणले दुई महानिरीक्षकको कार्यकाल सफल रहेको बताए । गृहमन्त्री खाँणले प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको र थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको उल्लेख गर्नुभयो । उनले सुरक्षा निकायको सुधारका लागि आगामी दिनमा आवश्यक सुझावको अपेक्षा गरेको धारणा राखे ।
कार्यक्रममा थापा र केसीले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामका बारेमा जानकारी गराएका थिए ।
सम्बन्धित समाचारहरु:
महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण
नेपालगञ्जमा ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान
मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइयो -अध्यक्ष केपी शर्मा ओली
कवि एसडी ढकालको ‘आँशु लुकाऊँ कसरी’ सार्वजनिक (भिडियोसहित)
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाने