प्रचण्डमा चरम सत्तामोह देखियो : डा. भट्टराई

सारांश :

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डमा चरम सत्तामोह देखिएको बताएका छन् ।

१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकै संग पनि समिकरण गर्ने र तोड्ने गरेको आरोप समेत लगाए ।

माओवादी आन्दोलनका केहि नेताहरुको आग्रहमा प्रचण्डलाई यसअघिको निर्वाचनमा सहयोग गरेको र गोरखाबाट जित हासिल गर्न सफल भएको भन्दै भट्टराईले चूनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिस्र्यो जस्तो व्यवहार देखाएको जिकिर गरे । उनले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केहि व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चूनाव चिन्ह लिएर निर्वाचन लडेको बताए । उनले पार्टीले नयाँबाटो तय गरेको भन्दै देशलाई बिकल्प दिएरै छाड्ने जिकिर गरे । पुराना शक्तिहरुलाई जतिसुकै दयामाया गरेपनि उनीहरु सच्चिनेवाला नरहेको उनले बताए ।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थीरता र सुशासन कायम हुनै नसक्ने उनले बताए । उनले अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणा समेत गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!