स्कार्पियो दुर्घटनाबाट ६ जनाको ज्यान लिने फरार सवारी चालक पक्राउ

सारांश :

काठमाडौँ । सात वर्षअघि ६ जनाको ज्यान जाने गरी भएको स्कार्पियो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । ललितपुर महांकाल गाउँपालिका-३ का २७ वर्षीय सरोज घलेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइबार पक्राउ गरेको हो ।

२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा-३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो ।

घले भने सवारी ज्यान मुद्दामा फरार थिए । खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गरेको छ । घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!