गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन सकेन – अध्यक्ष पुष्पकमल दाहाल

सारांश :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टीको तर्फबाट देशभरका स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन नसकेपछि प्रदेश र संघको चूनावमा गठबन्धन कायमै रहने बताएका छन् । आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको उनले बताए । उनले गठबन्धनभित्रको माओवादीको स्वरुप परिवर्तन गर्नुपर्ने देखिएको जिकिर गरेका छन् । उनले माओवादीप्रति जनताको मोह भंग नभइसकेको भन्दै सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको उल्लेख गरेका छन् ।

प्रचण्डले विगतमा एमालेसँग गठबन्धन र पार्टी एकता गर्दा उद्देश्य एउटै भएपनि नेतृत्वमा धेरै अहंकार आएपछि त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा आफूहरु पुगेको भन्दै कांग्रेसबाट पनि अहिले त्यस्तै डर पैदा भएको उल्लेख गरेका छन् । त्यस्तै उनले स्थानीय तहको निर्वाचनपछि एमाले अत्तालिएको तर्क गरेका छन् ।

प्रमुख तथा उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्ने माओवादीले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!