एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात

सारांश :

गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आर.बि.बि. – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात गर्न सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन भएको पहिलो खेलमा गण्डकीले ३ – १ को जित निकाल्यो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यस्तै आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो । पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।

बैशाख १८ गते देखि २४ गते सम्म संचालन हुने लिगको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले प्रतियोगिता रेफ्रि पूर्ण चौलागाईलाई भलिबल प्रदान गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए ।

क्लब लिगमा महिला तर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको छ । पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता रहेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!