काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने दावी गरेकी छिन् ।
नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने बताइन् ।
महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउदै जनताका लागि काम गर्ने उनको भनाई छ । त्यस्तै उनले काठमाडौंलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाइन् त्येस्तै युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन् ।
कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रुपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए । उनले महानगरमा अब देखिने गरि बिकास हुने विश्वास व्यक्त गरिन् ।