सौर्य एयरलाइन्स दुर्घटनाः क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै

सारांश :

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

काठमाडौं मेडिकल कलेजका निर्देशक प्राडा.मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिएकी छिन् । उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गरेर उपचार जारी रहने बताइन् । शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने देखिएको नले बताइन् । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाज माथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा थापाले उल्लेख गरिन् ।

त्यस्तै क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले चिकित्सकको मेहनतका कारण शाक्यको अवस्था सुधार हुदै गएको भन्दै चिकित्सकलाई धन्यवाद दिए ।

त्यस्तै अस्पतालका प्रमुख सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिटै स्वास्थ्यलाभ गरेको बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!