चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत वृद्धि हुने

सारांश :

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ ।

तथ्याङ्क कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०८०/८१ को बार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक बृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मुल्यमा ३.८७ हुने प्रारम्भीक अनुमान रहेको जनाएको हो ।

यस आर्थिक बर्षमा नेपालको अर्थतन्त्रको आधार ५७ खर्व ४ अर्व पुग्ने अनुमान गरेको तथ्याङ्क कार्यालयले जानकारी दिएको छ । त्यस्तै कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको छ , तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत राष्ट्रिय बचत हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले ६ देखि ८ महिनाको डाटाका आधारमा बार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन बनाइएको बताए । उनले पछिल्लो अर्थतन्त्रको सूचक हेर्दा अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको देखिएको धारणा राखे ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेको छ । त्यस्तै चालु आर्थिकमा जिडिपीको २२ दशमलव ९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान गरिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!