नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।
चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि ७ प्रस्ताव अघि सार्दै महामन्त्री शर्माले सबै दलहरु निर्वाचनमा सहभागी भएका बेला चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।
हरेक दलले बिगतमा गरेका गल्ती गरेका कमी कमजोरीका बारेमा जनतासमक्ष आत्मालोचना गर्नुपर्ने र यसलाई नहोहराउने प्रतिवद्धता जनाउनुपर्ने त्यस्तै उनले आपसमा गाली नगरि स्वस्थ र तथ्यपूर्ण आलोचना गर्न तथा निर्वाचनलाई स्वास्थ बनाउनका लागि सहकार्य गर्न आह्वान गरेका छन् । शर्माले आचारसंहिताको पूर्ण पालना गर्न र अरुलाई पनि पालनाका लागि प्रेरित गर्न आग्रह गरे ।
उनले मतगणनामा जिम्मेवार बन्न र मत परिणामलाई हार्दिक ढंगले स्वीकार गर्न पनि आग्रह गरेका छन् ।