सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न सकेन – सांसद प्रदीपकुमार ज्ञवाली

शाराम्स

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको छलफलका क्रममा ज्ञवालीले विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट आउन नसकेको बताए । ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए । ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताउनुभयो । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै वर्तमान सरकार चुनावी सरकार मात्र भएको तर्क गरेका छन् ।

त्यस्तै कांग्रेसका सांसद गगनकुमार बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताए । उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका छन् । सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन् । बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसक्ने बताएका छन् । उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिए ।

त्यस्तै सांसद जीवनराम श्रेष्ठले बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!