जबराको “ब्याकफायर”, दलहरु तरंगित, अब के हुन्छ?

सारांश :

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिँदै न्यायालयमा राजनीतिक हस्तक्षेप कसरी हुन्छ र राजनीतिको फेर समातेर न्यायालय कसरी लरबराउँछ भन्ने पोल खोलेका छन्। उनले राजनीतिक स्वार्थसिद्धि नहुने देखेपछि आफूमाथि महाभियोग लगाइएको जिकिर गरेका छन्।

समिति सभापति रामबहादुर विष्टले ४३ वटा प्रश्नको तयारी गरिए पनि जबराले जवाफमा लामो समय लगाएकाले चारवटामा सीमित भएको बताए। उनका अनुसार जबराले एउटै प्रश्नको जवाफ दिन करिब एक घण्टा लगाए। ६ महिनासम्म आफूविरुद्धका आरोप सुनिरहेका जबरालाई उनले गरेका फैसला, आचरण, न्यायालयमा बिचौलियाको प्रवेशलगायत विषयमा समिति सदस्यले प्रश्न गरेका थिए।

जबराले आफूमाथि लगाइएको महाभियोग प्रस्ताव निस्क्रिय भएको जिकिर गरे। ‘महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको छ। यो प्रस्ताव संविधान र नियमावलीअनुसार संसद्ले पारित गरेन। म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ’, उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ।’

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!