काठमाडौँ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन ९आईओएम० ले जुलाई २० मा समाप्त भएको हप्तामा ८७२ आप्रवासीलाई लिबियाको तटबाट रोकेर फर्काइएको जनाएको छ ।
आप्रवासीहरूमा ६० महिला र २० बालबालिका रहेका छन् । आईओएमले लिबियाको तटमा दुई आप्रवासीको शव फेला परेको पनि जनाएको छ । यस वर्ष अहिलेसम्म कुल ११ हजार ३३५ आप्रवासीलाई रोकिएको छ भने ४ सय जनाको मृत्यु भएको छ ।
४९४ जना लिबियाको तटबाट बेपत्ता भएका आईओएमले जनाएको छ । सन् २०२३ मा रोकिएका र फर्किएका आप्रवासीहरूको कुल संख्या १७ हजार १९० थियो । २०११ मा मुअम्मर गद्दाफीको पतनपछि लिबियामा आगामी असुरक्षा र अराजकताले धेरै आप्रवासीहरूलाई उत्प्रेरित गरेको छ ।
सम्बन्धित समाचारहरु:
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
सिरिया टर्कीसँग सम्बन्ध सुधारका लागि खुला छः असद
नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनला...
गाजाको एक विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु
छोराछोरिलाई बिष खुवाएर आत्महत्या
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
