एजेन्सी । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधबार बताए ।
राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि सुरु भएर जुलाई–३ मा समापन हुने उनले बताए । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ ।
राज्यसभाको २६४औँ सत्र २०२४ जुन २७ मा सुरु भएर जुलाई ३ मा समापन हुने मन्त्री रिजिजुले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।
राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
सम्बन्धित समाचारहरु:
सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो : डा.तोसिमा कार्की
उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु
फिलिपिन्समा भएकाे सवारी दुर्घटनामा १७ जनाको मृत्यु
विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्र सङ्घ
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० जनाको मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
