काठमाडौँ । हेम बहादुर मल्ल सम्मान २०७९ डा भेष बहादुर थापालाई प्रदान गरिने भएको छ ।
नेपाल जन प्रशासन संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनीक, प्राज्ञिक र कुटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै हेम बहादुर मल्ल सम्मान २०७९ डा थापालाई प्रदान गर्न लागिएको जानकारी दिएको हो ।
उक्त पुरस्कारको राशी दुइ लाख रुपैया रहेको छ । राज्यको उच्च ओहदामा रहि सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदर्शन गरेका कारण थापालाई सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।
संघले ख्याती प्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङको नेतृत्वमा रही उत्कृष्ट योगदान पुर्याएवापत निजको सम्झनामा हेम बहादुर मल्ल सम्मान स्थापना गरेको हो ।
सम्बन्धित समाचारहरु:
वर्षमा १८२ दिन बिदाः कर्मचारीलाई मोज, सेवाग्राहीलाई बोझ
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु
मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेको छ -नेपाली कांग्रेस
नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल
आज विजया दशमी मनाइँदै, शुभ साइत बिहान ११ः३६ बजे
भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts