काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताए । आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले आज दुर्घटनास्थलको अवलोकन गरेको जानकारी दिँदै उनले मौसम अनुकुल नभएर पुनः काठमाडौँ फर्कन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताए ।
दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले बुधबार नै नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे ।
उनले समग्र उडडयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए। हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनको भनाइ छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
कराँची विश्वविद्यालयमा विस्फोट
आज साउने संक्रान्ति पर्व, लुतो फालेर मनाइँदै
जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपालले सहज जित निकालेको ...
शंखमुलमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट , लाखौंको क्षति
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts