तेहरान । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ ।
“हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिएका छन्”, हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ ।
इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उहाँसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ ।
“तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उनका एक अङ्गरक्षकको मृत्यु भएको छ”, इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ ।
हानिया मङ्गलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए । इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए ।
व्यावहारिकतावादी मानिने हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ । हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ ।
इजरायली कब्जाको बिरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उहाँ यस समूहमा सामेल भएका थिए ।
सम्बन्धित समाचारहरु:
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित
श्रीलंका संकट: प्रधानमन्त्री राजापाक्षेलाई प्रदर्शनकारीको हमला, राजीनामा दिन आग्...
तान्जानियामा बाढीका कारण ५८ जनाको मृत्यु
म्यान्माको याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका पाँच जनाको शव निकालियो
नासिक प्रहरीले मस्जिदको १०० मिटर भित्र लाउडस्पीकरमा हनुमान चालिसा बजाउन प्रतिबन्...
म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
