काठमाडौँ । प्रहरीले स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको मालिगाउँ क्षेत्रबाट स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित रुपन्देही घर भएका समिर सुनार र मिलन बिकलाइ पक्राउ गरि सार्वजनिक गरेको हो । सो स्थानमा हुण्डी सम्बन्धी कारोबार भईरहेको छ भन्ने गोप्य सूचना आधारमा थप अनुसन्धान गर्दा बा. १३ च. ४८५८ नम्बरको निजि कारबाट सो रकम बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
त्यस्तै प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका तथा क्यानडा पु¥याउने भन्दै विभिन्न व्यक्तिहरुबाट ५ करोड ५० लाख रकम ठगि गर्ने गिरोहलाई पनि पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन् । ङिमवुटी शेर्पाले आफ्नो श्रीमान् दावा शेर्पा तथा टासी शेर्पाले आफ्नो छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको र अरुलाई पनि पठाउने भन्दै प्रलोभन देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट ठगी सम्बन्धी कसूर समेतमा जाहेरी दरखास्त आएपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचारहरु:
एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको छ - अध्यक्ष केपी शर्मा ओली
शोकाकूल छ तनहुँको काउरे गाउँ
प्रहरीद्वारा धादिङबाट चार किलो चरेश बरामद
समृद्ध नेपाल निर्माणका लागि लागिपरौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...
कञ्चनपुर र दाङमा चटयाङ लागेर तीन जनाको मृत्यु
(डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध ...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts