काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् ।
सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उनको भनाइ छ । उनले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिए । उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । उनले सूचनाप्रविधिमार्फत घरमै बसेर अधिकांश सरकारी सेवा लिने सक्ने गरि काम सुरु भसकेको बताए । शर्माले सूचना प्रविधि आर्थिक समृद्धिको आधारको रुपमा बिकसित हुदै गएको धारणा राखे ।
कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको हो ।
सम्बन्धित समाचारहरु:
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
बागमती नदी : सतर्कता तह पार
वाग्लेले भने : विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ
रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए
भारतीय विदेशसचिव मिस्री काठमाडौँ आइपुगे
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
