काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचारहरु:
नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द
बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाद्वारा धुलो दूधको परीक्षण उत्पादन सुरु
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन
कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको ...
नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले घट्याे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
