काठमाडौँ । विगत दुई सातायता नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो ।
बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएकाले नेपालमा सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायी बताउँछन् ।
सम्बन्धित समाचारहरु:
सरकारले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेको आइस्पानको आरोप
आज बिहीबारको विदेशी मुद्राको विनिमय दर यस्ताे छ
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो, २३ अर्ब ४३ करोडकाे काराेबार
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर यस्ताे छ
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ, अन्य मुद्राको कति ?
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
