काठमाडाैं । विगत दुई सातायता नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको भए पनि आज भने केही घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो भने बुधबार ५०० रुपैंयाँ बढेकाे थियाे ।
बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । याे बुधबारकै मूल्य हाे ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएकाले नेपालमा सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायी बताउँछन् ।
सम्बन्धित समाचारहरु:
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
हरितालिका तीज : पशुपति क्षेत्रमा तयारी पूरा, चार वटै सुरक्षा निकायले सुरक्षा दिन...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार
प्रहरी चढेको गाडी पल्टियो, ३० घाइते
मौद्रिक नीति २०८१/८२ : चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरिने
बागमती नदीमा रोकिएको रित्तो ग्यास बुलेट
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts