काठमाडौं । सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा बृद्धि हुँदै नयाँ रेकर्ड कायम भएको थियाे । यसले आज पनि निरन्तरता पाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा ६ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि ह्वात्तै बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भएकोमा आज ९५ रुपैंयाँले बढेर २ हजार ७५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
