काठमाडाैं । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार पनि सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे थियाे ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित समाचारहरु:
अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट
नेप्से परिसूचककाे उकालाे यात्रा आज पनि, ७५ अङ्कको वृद्धि
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता
साउनमा वीरगञ्ज भन्सारबाट १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts