काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो । नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो । आजको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।
यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १ हजार ८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।
सम्बन्धित समाचारहरु:
बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ -सभामुख अग्निप्रसाद सापकोटा
आज वर्षको अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एकैदिन २४ सयले बढ्यो
नेप्से परिसूचकमा ६ दशमलव २४ अङ्कको गिरावट, कारोबार रकम कति ?
निगमले बुझायो किस्तावापतको रु ५३ करोड
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
सुनको मूल्य १ हजार १ सयले घट्याे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
