काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि द्विट गर्दै आपत्ति जनाएका हुन् ।
यसैगरी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाए । “कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ”, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यसैगरी नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घ संस्था, व्यक्तिलगायतले पनि अध्यक्ष सिरोहियाको गिरफतारीप्रति विरोध जनाएका छन् ।
सम्बन्धित समाचारहरु:
यस वर्षको गौरा भदौ १० गते मनाइने
मानवसेवा आश्रममा रहेका २७ भारतीयलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन
यसरी मनाइँदैछ गाईजात्रा (तस्बीरहरु)
डा.महतले भनेः मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ
कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts