काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-१ गोलले भुटानलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो ।
यसअघि पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा भुटानले अग्रता बनाएको थियो । खेलको ७७ औँ मिनेटमा गोल गर्दै नेपालले एक-एक गोलको बराबरी बनायो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र एक गोल गरे ।
नेपालका गोल्किपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादेशबीचको खेलमा विजेतासँग बुधबार फाइनल खेल्नेछ ।
सम्बन्धित समाचारहरु:
एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै
महिला भलिबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै
आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य
बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुँदै
स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटे...
अल्मुताइरीसँगको बिबादका कारण अचानक खेलाडीले प्रशिक्षण क्याम्प छोडे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts