अफगानिस्तान । फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।
डब्लुएफपीले शनिबार अफगानिस्तानमा ६० लाखभन्दा बढी मानिसलाई नगद र खाद्यान्न सहायता उपलब्ध गराएको छ । प्रेस विज्ञप्तिअनुसार अफगानी बालबालिकालाई खाना तथा पोषण उपलब्ध गराउने आवश्यकता पुरा गर्न यो सहायता प्रदान गरिएको हो ।
केही निजी दाता र सहयोगी देशहरूको आर्थिक सहयोगमा अफगानिस्तानमा खाद्य सहायता प्रदान गरिएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा आर्थिक चुनौती र मानवीय सङ्कटले खाद्य सहायताको माग बढेको सरकारी तथा गैर–सरकारी स्रोतहरूले जानकारी गराएपछि युएनडब्ल्युएफपीको सहकार्यमा सहायता प्रदान गरिएको हो ।
पछिल्लो समयमा गम्भीर मानवीय सङ्कटबीच अफगान शरणार्थीहरू पाकिस्तानबाट ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।
मुलुकमा जारी द्वन्द्व र आर्थिक अस्थिरतासहित अफगानिस्तानको बिग्रँदै गएको मानवीय सङ्कटले धेरै शरणार्थीहरूलाई अनिश्चित अवस्थाको बाबजुद स्वदेश फिर्ता गर्न प्रेरित गरेको खामा प्रेसले जनाएको छ ।
शरणर्थीहरू स्वदेश फर्केसँगै उनीहरूले खाना, आश्रय र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकताहरूमा सीमित पहुँचसहित विशाल चुनौतीहरूको सामना गरिरहेका छन् ।
शरणर्थीहरूले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो मातृभूमिमा चलिरहेको सङ्कटबीचमा अफगान शरणार्थीहरूको सुरक्षा र कल्याण सुनिश्चित गरी पुन : वास र एकीकरण प्रयासहरूलाई सहयोग पु¥याउन तत्काल सहयोग प्रदान गर्न आग्रह गरिरहेका छन् ।
सम्बन्धित समाचारहरु:
रुसी सेनाले सोमबारदेखि मारियुपोल बन्द गर्नेछ, अधिकारीले भने-घेरिएको सहरको अवस्था...
वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको ज्यान गयो
१८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने
जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै
इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकको मृत्यु
जुवा खेल्ने अस्ट्रेलियालीहरूको संख्या बढ्दै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts