बेइजिङ । चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीबारदेखि नयाँ नियमावली लागु हुने जनाएको छ ।
नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरु स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।
नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सुचना छनोट’ , ‘कस्टम किवर्ड छनोट’ जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ ।
सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षा गर्न प्रमाण सङ्कलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।
चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा यो नियमावली जारी गरेको हो ।
सम्बन्धित समाचारहरु:
पाकिस्तान र इरानबाट दुई हजार बढी अफगान आप्रवासी निर्वासित
श्रीलङ्काका ऋणदाताद्वारा चीनलगायतका मुलुकसँग सम्झौताको विवरण माग
युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा
गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
केन्यामा १० लाखभन्दा बढी वाह्य आप्रवासी : आईओएम
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
