काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताएका छन् । यसका लागि पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेकाे उनले बताए ।
आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताए ।
उनले भने, “सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु, तर त्यो देखिन समय लाग्छ । संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुविधा छैन ।” उनले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको बताए ।
सम्बन्धित समाचारहरु:
संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्छ - अध्यक्ष पुष्प...
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.यादव
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ? सञ्जालमा भाइरल भएको भिडियोको वास्तविकता...
पुष्पलालको जन्मशताब्दी मनाइँदै
१३ औं सागकी स्वर्णपदक विजेता सन्जुले गरिन् आत्महत्या
निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ -अध्यक्ष केपी शर्मा ओली
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
