काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन् ।
बुधबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठुलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने जिकिर गरे । उनले आफुहरुले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारवाही हुनुपर्ने बताउदै सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरुलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको बताएका छन् । एक प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफुहरुले आन्दोलन भन्दा पनि खबरदारी गर्न कार्यक्रम गरेको जानकारी दिए ।
त्यस्तै श्रेष्ठले अहिले विपत्तिका बेला सबै राजनैतिक दलहरु मिलेर जनतालाई राहत, उद्धार र पुनस्र्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गरे । श्रेष्ठले नेपालमा कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताउदै तत्काल भने मिल्ने अवस्था नरहेको जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा
पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा
लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्छ -पूर्वप्रधानन्यायाधीश सुशीला क...
विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय हो : उपराष...
आगामी २-३ हप्तामा रूसी र युक्रेनको लडाइँ तीव्र हुने
संवैधानिक परिषद्को बैठक आज बस्दै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts