काठमाडौँ । सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पिडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले शुक्रबार काठमाडौंको गरेका हुन् ।
सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।
सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पिडा सरकारले सुन्नुपर्ने उल्लेख गरे ।
सम्बन्धित समाचारहरु:
संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
नेपालले वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको छः मन्त्री बस्नेत
एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत
सर्वोच्च अदालतबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी
आफ्नो जीत निश्चित छ - केशव स्थापित
अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts