काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नंं. ७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिव दुई तिहाइ बहुमत रहेपनि सवैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे ।
उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।
नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले विरामी जाँच गर्दै निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरे ।
सम्बन्धित समाचारहरु:
राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन
अब, गुगलले तपाईंलाई खोजबाट व्यक्तिगत डाटा लुकाउन अनुमति दिनेछ
धादिङका किसान चैते धान रोपाइँमा व्यस्त
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थक दरबारमार्गमा कुटिए
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
