काठमाडौं । जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।
नेविसंघले सिंहदरबार क्षेत्रमा नै प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । उक्त क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले नारा लगाएका थिए ।
सम्बन्धित समाचारहरु:
राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु
दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल
देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
आर्थिक वर्ष २०८१/८२ को बजेट यस्तो छ, हेर्नुहोस् (पूर्णपाठसहित)
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
