काठमाडौँ । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । त्यसैगरि देशभरका बिभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्। बैठकमा लगानी सम्मेनलका बिषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरि सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन् ।
उनले लगानी सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको समेत जानकारी दिइन्।
सम्बन्धित समाचारहरु:
एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो - अध्यक्ष केपी शर्मा ओली
सञ्चारमन्त्री शर्मा सरकारको प्रवक्तामा
प्रधानमन्त्री ओलीले भनेः संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हो
राष्ट्रिय सभाको बैठक आज बस्दै, के छ कार्यसूची ?
गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको बाँडफाँटमा सहमति
प्रतिनिधिसभाः छानबिन समिति गठनको माग
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts