काठमाडौँ । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ ।
किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट रासायनिक मल आयात गरी बिक्री वितरण गर्न हालसम्म चार लाख ६० हजार ‘मेट्रिक टन’ मलको ‘टेन्डर’ सम्पन्न भएको छ। जसमा एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। अघिल्लो वर्षको मौज्दातसमेत गरी एक लाख २९ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको छ।
अनुदानको मल बिक्री वितरण प्रक्रियाको सरलीकरणका लागि व्यवस्थापन निर्देशिका, २०७७ को संशोधन प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
उखु उत्पादक कृषकलाई उखु बिक्री गरी क्रसिङ गराएबापत प्रतिक्विन्टल रु ७० का दरले गत आर्थिक वर्ष २०८१/८२ को रु एक अर्ब ४४ करोड ९२ लाख ३८ हजार प्रोत्साहन अनुदान रकम उपलब्ध गराउन मधेस प्रदेशका आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासा भई कृषकलाई भुक्तानी गरिएको छ । बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । यस अवधिमा पशुधन बीमातर्फ ३७ हजार ६ सय ११ र बाली बीमातर्फ तीन सय २३ बीमालेख जारी भएको छ ।
मन्त्रालयस्तरको समितिबाट सहमति प्रदान गरिएको र विभागहरुबाट प्राधिकरणको खातामा निकासा भइसकेको छ । खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुई हजार सात सय ४६ बजार अनुगमन तथा निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भन्सार नाकामा आयात हुने फलफूल तथा तरकारीको १३ हजार ६१ नमूनामा यन्त्र प्रयोग गरी विषादी अवशेष परीक्षण गरिएको छ ।
गत असोज ९ गते कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुभएको मन्त्रिस्तरीय निर्णय अनुसार दुग्ध विकास संस्थानको पुनर्संरचना एवं व्यवसायिक सुधारको कार्ययोजना बनाउन राष्ट्रिय किसान आयोगका सदस्यसचिवको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरी कार्ययोजना तयार भएको छ । नेपाल सरकारले ६० करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरी अधिकांश कृषकको जेठ मसान्तसम्मको दूधको भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।रासस
सम्बन्धित समाचारहरु:
आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
कांग्रेसले मकवानपुरबाट सुरु गर्यो स्थानीय तह निर्वाचनको समीक्षा
ओहोदाको प्रमाणपत्र प्रस्तुत
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रध...
विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts