एजेन्सी । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।
“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेको रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो । क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उनले बताए ।
सम्बन्धित समाचारहरु:
गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु
युक्रेनी विद्यालयमा बम विष्फोटमा - ६० भन्दा बढीको मृत्यु
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएको खुलासा
दक्षिण अफ्रिकामा आगलागी हुँदा दुई हजार व्यक्ति घरविहीन
‘सुपर ट्यूस्डे’ परिणाम बाइडेन र ट्रम्पको पक्षमा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
