काठमाडौं । नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको विश्व खुशी प्रतिवेदनको तथ्यांकले देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो ।
उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । यो रिर्पाेट सन् २०१२ देखि प्रकाशित हुँदै आएको छ ।
यस्तै,फिनल्याण्डपछि दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र दशौँ स्थानमा अस्टे«लिया रहेको छ ।
नेपालभन्दा अगाडि इराक, जर्जिया, मोजाम्बिक, लगायत ८९ वटा देशहरु रहेका छन् भने नेपालपछि लाओस, ग्याबोन, आइवरी कोस्ट र अन्य ४७ वटा देशहरु रहेका छन् ।
सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तान १ सय ४३ स्थानमा छ । प्रतिवेदनका अनुसार ३० वर्षमुनि उमेर समूहमा खुशी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ ।
उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो ।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले देशहरुलाई क्रमबद्ध गरेको हो ।
मुख्यतः जीवन मूल्यांकनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ ।
सम्बन्धित समाचारहरु:
मानसिक स्वास्थय सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
प्रधानमन्त्रीसमक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’ प्रस्तुत
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
निर्वाचनमा कुनैपनि दलसंग तालमेल नहुने - अध्यक्ष राजेन्द्र लिङ्देन
खोटाङ राजापानीमा बाघकाे आतङ्क
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts